पत्रकारिता पूर्वाग्रहबाट मुक्त हुनुपर्छः एकलाल श्रेष्ठ

स्वर्णिम खबर
२२ माघ २०७८, शनिबार १८:४३

२२ माघ, हेटौँडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पत्रकारिता पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पत्रकारिता जनपक्षीय हुन सके समाज परिवर्तनको बाटोमा हिड्ने बताउनुभयो । यस्तै कार्यक्रममा मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले पछिल्लो समय राज्यले पत्रकारितालाई कानुनको बन्धनमा बाँध्न खोजेको बताउनुभएको छ । अधिकारीले पत्रकारितालाई नैतिकताको बन्धनमा बाँध्न जरुरी रहेको औल्याउनुभयो । पत्रकारले पेशागत मूल्य र मान्यता विर्सिदै जाने र राज्य कठोर हिसावले प्रस्तुत हुने गरेकोभन्दै यस क्षेत्रमा देखिएको विसंगतिलाई हटाउन सम्पूर्ण सञ्चारकर्मी एकढिक्का हुन जरुरी रहेको बताउनुभयो । उहाँले पत्रकार महासंघले पनि पत्रकारिता क्षेत्रमा देखिएको विकृति हटाउन संस्थागतरुपमा अगाडि बढ्न सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, पूर्वकेन्द्रीय सदस्य प्रताप विष्ट, महासंघ महासचिव कृष्णसारु मगर, पूर्वजिल्ला अध्यक्ष हरि हुमागाईं लगायतले पत्रिकारिता क्षेत्रको वर्तमान अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*