विपन्न परिवारलाई घर छाउनको लागि जस्तापाता सहयोग
७ भदौ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले एक विपन्न परिवारलाई घर छाउनको लागि जस्तापाता सहयोग गर्नु भएको छ ।
हेटौंडा १६ कि घ्याम्पे टोल निवासी एकल महिला अनिता बिश्वकर्माले घरमा छाना छाउन नसक्दा बर्षाको समयमा कठिनाई भोगिरहेको गुनासो गरेपछि अध्यक्ष कोइरालाले ब्यक्तिगत ३० हजार रुपैयाँ बराबरको जस्ता सहयोग प्रदान गर्नुभएको हो । सहयोगी मन नेपालको सहजीकरणमा गरिएको जस्ता हस्तान्तरण कार्यक्रममा बोल्दै आफ्नो वडाका हरेक नागरिक खाना, नाना र छानाको अभावमा बस्न नपर्ने कोइरालाले बताउनु भयो । कार्यक्रममा सहयोगि मन नेपालका अध्यक्ष केदार चौलागाईं, जनप्रीय माबि हटिया का ब्यबस्थापन सदस्य रमेश ढकाल, सदस्य कृष्ण पनेरु, पिटिए अध्यक्ष गुणराज राना लगाएतको उपस्थिति रहेको थियो ।













