पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिए, ८६ जना संक्रमणमुक्त
१२ असार, हेटौँडा । पछिल्लो २४ घण्टामा मकवानपुरमा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।
५७ जनामा पिसिआर र २ सय २६ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १० हजार ८ सय २४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइशोलेसनबाट ७८ जना र संस्थागत आइसोलेसनबाट ८ जना गरी कुल ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या ९ हजार ६ सय २५ पुगेको छ ।
यस्तै जिल्लामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का ७१ वर्षीय वृद्ध पुरुष रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै मकवानपुरमा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।













