शुक्रबार मकवानपुरमा ८९ जना कोरोना संक्रमित थपिए, ८१ जना संक्रमणमुक्त

स्वर्णिम खबर
११ असार २०७८, शुक्रबार १९:०५

११ असार, हेटौँडा । मकवानपुरमा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् ।
पिसिआर विधिबाट ३३ जना र एन्टीजेन विधिबाट ५६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससंगै कोरोना संक्रमितको संंख्या १० हजार ७ सय ६२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८१ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । जसमा होमआइसोलेशनबाट ६३ जना र संस्थागत आइसोलेशनबाट १८ जना संक्रमणमुक्त भएका हुन् । यसंसगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ५ सय ४६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बकैंया गाउँपालिकाका रहेका छन् । यससंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या यससंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*