मकवानपुरमा मंगलबार १ सय २० कोरोना संक्रमित थपिए, १ सय १३ जना संक्रमणमुक्त

स्वर्णिम खबर
८ असार २०७८, मंगलवार १८:३३

८ असार, हेटौँडा । मकवानपुरमा मंगलबार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४३ जनाको पिसिआर विधिबाट र ७७ जनाको एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर आज ४३ प्रतिशतमा कोरोना पुष्टि भएको हो । यससंगै मकवानपुरमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या १० हजार ५ सय ४३ पुगेको छ ।
यस्तै मंगलबार १ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइशोलेसनबाट १ सय ४ र संस्थागत आइशोलेसनबाट ९ जना गरी १ सय १३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ हजार ३ सय २७ पुगेको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा–२ की ४६ वर्षीया महिला, हेटौंडा–१२ का ६४ वर्षीय पुरुष र भीमफेदी–३ का ३६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै मकवानपुर जिल्लामा हालसम्म १ सय २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*