मकवानपुरमा बिहिबार १ सय ६२ जना कोरोना संक्रमणमुक्त, ६७ जना संक्रमित थपिए

स्वर्णिम खबर
३ असार २०७८, बिहीबार १८:५०

३ असार, हेटौँडा । मकवानपुरमा बिहिबार १ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
होम आइशोलेसनबाट १ सय ५८ र संस्थागत आइशोलेसनबाट ८ जना गरी १ सय ६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ हजार ८ सय ३५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमित थपिएका छन् । ४८ जनाको पिसिआर र १९ जना एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । योसंगै मकवानपुर जिल्लामा कुल संक्रमितको संख्या १० हजार ९२ पुगेको छ ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय १३ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*