कलाकार श्रेष्ठद्धारा राहत वितरण

स्वर्णिम खबर
२० जेष्ठ २०७८, बिहीबार ११:२८

२० जेठ, हेटौँडा । नेपाली काङ्ग्रेस मकवानपुरका जिल्ला समिति सदस्य, साँस्कृतिक विभाग प्रमुख, कलाकार तथा व्यवसायी सुशान्त कुमार श्रेष्ठले मकवानपुरमा १२० घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिका हर्नामाडिका ५० घरपरिवार र सुकौराका ७० घरपरिवारलाई श्रेष्ठले व्यक्तिगत रुपमा दाल,चामल, तेल लगायत राहत वितरण गर्नुभएको हो । दुई चरणमा गरिएको राहत वितरणमा झण्डै दुई लाख खर्चिएको कलाकार श्रेष्ठले बताउनुभयो । राहत वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका जिल्ला सभापति इन्द्र बहादुर बानियाँ र हेटौँडा उपमहानगरपालिकाका नगर सभापति आनन्दराम पराजुलिको सहभागिता रहेको थियो । दोस्रो लहरको कोभिड १९ का कारण जारी निषेधाज्ञामा गरिब र असहायहरुलाई हात मुख जोर्न गाहृो भएपछि यतिबेला समाजसेविहरुले आफ्नो तर्फबाट सहयोग गर्दै आएका छन् । यहि क्रममा आफ्नो तर्फबाट पनि न्युन आय भएका ति व्यक्तिहरुलाई सहयोग गर्न पाउनु पुण्यको काम भएको कलाकार तथा समाजसेवी श्रेष्ठले बताउनुभयो । उहाँले यस अघि पनि विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*