मकवानपुरमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ६२ जना कोरोना संक्रमणमुक्त
१६ जेठ, हेटौँडा । मकवानपुरमा आइतबार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको १० स्थानीय तहमा भएको पिसिआर परिक्षणबाट ६६ जना र एन्टीजेन परीक्षणबाट ३६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका ४७ जना, मनहरी गाउँपािलका भित्रका २० जना, थाहा नगरपालिका भित्रका १७ जना, बकैया गाउँपालिका भित्रका ११ जना, मकवानपुरगढी गाउँपालिका भित्रका ३ जना,बागमती गाउँपालिका भित्रका २ जना,कैलाश र भीमफेदी गाउँपालिका भित्रका १÷१ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ५ सय ६२ पुगेको छ । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ६२ जनाले कोरोना जितेका छन् । यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण थप २ जना महिलाहरुको मृत्यु भएको छ । हेटौंडा अस्पताला उपचारको क्रममा थाहा नगरपालिका र मनहरीको गरी दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।













