धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन बन्यो

स्वर्णिम खबर
१ जेष्ठ २०७८, शनिबार १९:३७

१ जेठ, काठमाडौं ।काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ ।
काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । धनगढीलाई च्याम्पियन बनाउन पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए । काठमाडौं लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो । धनगढीले जितो लयलाई निरन्तरता दिन नसक्दा उपाधिबाट वञ्चित बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पोस्ट प्रहारमा काठमाडौंले गोल गर्दै अग्रता लिएको हो । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औं मिनेटमा उत्कृष्ट फिनिस गरेका हुन् । जारी लिगमा उनको यो आठौं गोल हो । २१ मिनेटसम्मको पहिलो मुभमा नै काठमाडौंले गोल गर्न सफल भएका हुन् । उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त ग¥यो । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएको थियो । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*