जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरमा तिमल्सिनाको नेतृत्व

स्वर्णिम खबर
२६ पुष २०७७, आईतवार ०८:३८

६ पुस, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको नयाँ कार्यसमिति चयन गरिएको छ ।
शनिबार भएको संघको प्रथम साधारणसभाबाट संयोजक रामहरि तिमल्सिनाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश सिंह, उपाध्यक्षमा धनीलाल प्रसाद बानिंया, महासचिवमा केदार नाथ दुलाल, सचिवमा प्रल्हाद खनाल र कोषाध्यक्षमा राजु लम्साल रहेको छ । त्यस्तै सदस्यहरुमा जनकदास बानियाँ, अर्जुन केसरी, कृष्णप्रसाद दुलाल, दधिराम गौतम, बिनोद चौलागाई, रण दुलाल सार्की र मोहन उप्रेती रहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको प्रमुख आतिथ्यता एवं संघका तदर्थ समितिका अध्यक्ष रामहरी तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*