देश र जनताप्रति उत्तरदायी हुन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

स्वर्णिम खबर
२२ भाद्र २०७७, सोमबार १०:२८

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निजामती कर्मचारीलाई देश र जनताप्रति उत्तरदायी हुन आग्रह गर्नुभएको छ ।
निजामती सेवा दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिनुहुँदै उहाँले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ आफ्नो दक्षता अभिवृद्धि गर्दैसेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको हो । उहाँले कर्मचारीलाई सुशासन र विकासको बाटोमा अग्रसर हुनसमेत आग्रह गर्नुभएको छ । सन्देशमा उहाँले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने कामना समेत गर्नुभएको छ । नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको बताउनुहुँदै उहाँले तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य रहेको उल्लेख गर्नुभयो ।विसं २०१३ भदौ २२ गते तत्कालीन टंकप्रसाद आचार्य नेतृत्वको सरकारले नेपालमा पहिलो पटक निजामती सेवा ऐन ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*