गत निर्वाचनमा भेडापन हाबी भयोः खग्रेन्द्र संग्रौला

स्वर्णिम खबर
१६ श्रावण २०८३, शनिबार १२:४५

१६ साउन, काठमाडौँ । साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गर्नुभएको छ ।
‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उहाँले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको उहाँको तर्क छ । उहाँले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको बताउनु भयो । साहित्यकार संग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गर्नुभयो । इतिहासको सन्दर्भ जोड्दै उहाँले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको अभूतपूर्व लहर र दोस्रो निर्वाचनमा त्यो जनमानस एकाएक हराएको प्रसङ्ग उल्लेख गर्नुभयो । गत फागुन २१ को निर्वाचनको अनुभव सुनाउँदै उहाँले चितवन र नवलपरासीका मतदाताहरूमा चरम अन्योल देखिएको बताउनु भयो ।
संग्रौलाका अनुसार धेरै मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गरे पनि उम्मेदवारका रूपमा बालेन्द्र साहलाई बुझेका थिए । उहाँकाअनुसार चितवन र नवलपरासीभरिका मतदाताले घण्टीमा भोट त हाले तर उम्मेदवार को हो भन्दा बालेन भन्ने गरेका थिए । कर्मको आधार र तार्किकतामा विचार नगर्ने यस्तो प्रवृत्तिलाई उहाँले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ संज्ञासँग तुलना गर्नुभयो । नेतृत्वको परिभाषा गर्दै संग्रौलाले सफल नेतामा वक्तृत्व कला र आकर्षक एजेण्डा हुनुपर्ने बताउनु भयो । उहाँकाअनुसार नेताले आफ्ना एजेण्डा वा भ्रमलाई यसरी प्रश्तुत गर्छ कि सर्वसाधारण उसको वरिपरि केन्द्रित हुन्छन् । नेपालको सन्दर्भमा मदन भण्डारीलाई उहाँले ‘करिस्मेटिक’ नेताको रूपमा चित्रण गर्नुभयो । जसमा वक्तृत्व, तर्कशीलता र आक्रामकताको अद्भुत मिश्रण थियो ।
पछिल्लो समय उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रसङ्गमा टिप्पणी गर्दै संग्रौलाले उहाँले भ्रम र यथार्थको सम्मिश्रणबाट आफ्नो वरिपरि ठूलो भीड जम्मा गर्न सफल भएको बताउनु भयो । यद्यपि, लामिछानेको कानूनी जटिलता (नागरिकता÷राहदानी मुद्दा) का कारण उहाँले कार्यकारी प्रमुखको भुमिकामा बस्न नमिल्ने परिस्थिति सिर्जना भएको उहाँको विश्लेषण छ । सोही रिक्तता र जनअपेक्षाका कारण बालेन्द्र साह एक विकल्प वा ‘कामचलाउ’ पात्रका रूपमा अगाडि
समाज र राजनीतिबीचको अन्तरसम्बन्धमा केन्द्रित सो कार्यक्रममा संग्रौलाले नेपाली समाजले विवेकपूर्ण निर्णय लिन नसकेसम्म राजनीतिको स्वरूपमा ठोस परिवर्तन आउन कठिन रहेको सङ्केत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*