हेटौंडा–कुलेखानी–काठमाडौं रूटका चालकले लागूऔषध सेवन गरी सवारी चलाउँदै
२९ पुस, हेटौँडा । हेटौंडा कुलेखानी काठमाडौं रुटमा चल्ने सबारी साधनका चालकले लागु औषध सेवन गरेर सबारी चलाउँदै आएको तथ्य सार्बजनिक भएको छ ।
मंगलबार भिमफेदी अस्पतालका चिकित्सक प्रबिण पाठक सहितको टोलीले एक सय ११ जना सबारी चालकको पिसाब परिक्षण गर्दा ११ जना चालकले लागु औषध सेवन गरेको तथ्य खुलेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय भिमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा, सबारी यान्त्रिक परिक्षण कार्यालय हेटौंडा समेतको संयुक्त चेकजांचका क्रममा सबारी चालकले लागु औषध सेबन गरेको पुष्टी भएको हो । ११ जना मध्य ९ जना सार्बजनिक यातायातका चालक रहेको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरिक्षक सन्त श्रेष्ठले बताउनुभयो ।
६ जना सुमो चालक र ३ जना ईभी गाडी चालक हुन् । अन्य २ जना फलफुल र माछा बोक्ने सबारी साधनका चालक हुन् । पाहाडी क्षेत्रको घुमाउरो र सांघुरो सडकमा दुर्घटना हुने क्रम बढेपछि ट्रफिक प्रहरीको समन्वयमा सबारी साधन र चालकको परिक्षण सुरु गरिएको हो । गत पुस २० गते भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित जुरिखेतमा काठमाडौबाट हेटौंडा तर्फ आउंदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुंदा ६ जना यात्रुको मृत्यु भएको थियो ।
३ जना घाईते भएका छन् । घाईतेको अहिले पनि उपचार जारी छ । यात्रुको जीउधनलाई असुरक्षित पार्दै लापरबाही पुर्ण तरिकाले सबारी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कारबाही प्रकृया अघि बढाउने तयारी भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बच्चुराम फुंयालले बताउनुभयो ।













