पूर्व सभापति दाहालको निधनमा पत्रकार महासंघ मकवानपुरमा शोक पुस्तिका राखियो

स्वर्णिम खबर
२७ पुष २०८२, आईतवार १६:१०

२७ पुस, हेटौँडा । नेपाल पत्रकार महासंघका पूर्व सभापति होमनाथ दाहालको निधनप्रति शोक प्रकट गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरले शोक पुस्तिका राखेको छ ।
१३ दिनसम्म महासंघमा राखिने उक्त पुस्तिकामा हस्ताक्षरका लागि महासंघ मकवानपुर संचारकर्मी मित्रहरुलाई हार्दिक अपिल गर्दछ । महासंघको केन्द्रीय महिला उपाध्यक्ष नितु पंडीत, नेपाल पत्रकार महासंघका बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी उपाध्यक्ष ध्रुब अधिकारी कोषाध्यक्ष प्रदिप अधिकारी, प्रेस युनियनका अध्यक्ष सुबास बिडारी लगायतले शोक पुस्तिकामा हस्ताक्षर गरेर शुभारम्भ गर्नुभएको थियो ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचार गराइ रहनुभएका दाहालको हृदयघात भएपछि उपचारका क्रममा निधन भएको हो ।
लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल जीवन बिताउनुभएका दाहाल २०५६ सालको आम निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुनुभएको थियो । उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।
ओखलढुंगा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुख पत्र राष्ट्र पुकार साप्ताहिकको सम्पादक रहनुभएको थियो । उहाँले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाल्नुभयो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*