सहारा ग्याँसका असुरक्षित ७३६ थान एलपी ग्यास सिलिण्डर नष्ट
२५ पुस, हेटौँडा । हेटौडा ३ बसामडी स्थित सहारा ग्यास इन्डष्ट्रिज प्रा. लिले ७ सय ३६ थान एलपी ग्यास सिलिण्डर नष्ट गरेको छ ।
उपभोक्ताको सुरक्षालाई मध्यनजर गर्दै प्रयोग गर्न असुरक्षित देखिएका ग्यास सिलिण्डर नष्ट गरिएको उद्योगले जनाएको छ । शुक्रबार उद्याग परिसरमा साहारा लोगो अंकित म्याद गुज्रेका, विभिन्न कारणबाट लिकेज भएका, प्वाल परेका, फुटरिङ, नेकरिङ बिग्रिएका, हाइड्रोलिक टेष्टमा फेल भएका सिलिष्डर नष्ट गरिएको हो ।
गुणस्तर तथा नापतौल कार्यालय, स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मीको रहोवरमा सिलिन्डर नष्ट गरिएको हो । सहारा ग्यास इन्डष्ट्रिजले यस अघि २०७९ सालमा पनि ६ सय ३७ थान सिलिण्डर नष्ट गरेको कम्पनीका प्रबन्धक खड्ग बहादुर थापाले बताउनुभयो । असुरक्षित सिलिण्डर प्रयोगले हुन सक्ने जोखिम न्यूनीकरणका लागि नष्ट गरिएको उहाँले बताउनुभयो ।

एलपी ग्यास जस्तो अति प्रज्वलनशिल पद्धार्थको सुरक्षित प्रयोग सु्निश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको सरोकारवाला निकायका प्रतिनिधिहरु बताउँछन् । असुरक्षित र मापदण्ड विपरितका ग्यास सिलिन्डर प्रयोगले मानवीय र भौतिक क्षति हुने भन्दै कार्यमा कम्पनीको मात्रै नभई राज्यको पनि दायित्व हुने उनीहरुको भनाई रहकेो छ । असुरक्षित सिलिन्डर बजारमा पुग्न नदिन निजी उद्योगको प्रयास मात्रै पर्याप्त नहुने उनीहरुको धारणा रहेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगंन्जका प्रमुख कमल ओझाले सिलिन्डर ढुवानी तथा ओसार पसार गर्दा उपभोक्ता तथा व्यवसायीले सुक्षित तवरले गर्नुपर्ने बताउनुभयो । लापरवाहीपूर्ण तरिकाले सिलिन्डर ओसार पसार गर्दा सिलिन्डर कमजोर हुने यसले दुर्घटना निम्त्याउने भएकाले सावधानी पूर्वक ढुवानी कार्य गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
सहाराले विभिन्न ब्रान्ड र नामाबाट सातै प्रदेशमा एलपी ग्यास रिफिलिङ उद्योग सञ्चालन गदै आएको छ ।













