नारी चेतना बचतको नवनिर्मित भवन मुख्यमन्त्री बानियाँद्वारा उद्घाटन

स्वर्णिम खबर
२४ पुष २०८२, बिहीबार १८:३६

२४ पुस, हेटौँडा । हेटौंडा–६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले सहकारीले समुदायमा आर्थिक समृद्धिमा टेवा पु¥याएको बताउनुभयो । नारी चेतना सहकारी जस्तै महिलाहरूद्वारा संचालित सहकारीले महिलाहरूको सशक्तीकरणमा काम गरेको बताउँदै उहाँले यसको निरन्तरताका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले महिलाहरूको आर्थिक उपार्जनका लागि सहकारीमार्फत प्रदेश सरकारले सीप र प्रविधि दुबै उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहकारीकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी–२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दाहाल, भूमी समस्या समाधान आयोग मकवानपुरका विज्ञ सल्लाहकार अर्जुनप्रसाद चौलागाईं लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा संस्था निमार्ण एवं फर्निचर सहयोग गर्ने हिरादेवी दहाल, तिलकमाया रुम्बा, रमेश कुमार थापा, गौरव कुमार पराजुली, देवकुमारी डंगोल, राधिका, कल्पना पराजुली लक्ष्मी चौलागाईलाई सम्मान गरिएको थियो ।
दुई तल्ले पक्की भवन ४५ लाखको लागतमा निर्माण गरिएको संस्थाकी ब्यवस्थापक विपना घिमिरेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*