भीमफेदीमा सुमो दुर्घटना, ६ जनाको मृत्यु
२० पुस, हेटौँडा । काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको सुमो दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।
सुमोमा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ बालक गरी ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रवक्ता बोगटीले बताउनुभयो । घटनास्थलबाट घाइते ९ जना घाइतेलाई उद्धार गरी हेटौंडा अस्पतालमा ल्याईएको थियो ।













