तमु ल्होसार पर्व हर्षोल्लासपूर्वक मनाईयो

स्वर्णिम खबर
१५ पुष २०८२, मंगलवार १८:४४

१५ पुस, हेटौँडा । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा मंगलबार तमु ल्होसार पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाउने परम्परा रहेको छ । पर्वको अवसरमा तमु ल्होसार मूल समारोह समिति मकवानपुरको आयोजनामा हेटौंडामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिका–६, रामनगरस्थित प्रस्तावित तमु सामुदायिक भवन निर्माण स्थलमा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले भाषा, संस्कार र संस्कृतिको संरक्षणमा सबैको साझा दायित्व रहेको बताउनुभयो । विभिन्न जातजातिहरुको संस्कृति र परम्परा जोगाउन उपमहानगर लागि रहेको उहाँले उल्लेख गर्नुभयो । संस्कृति रहेमात्र समाज अगाडि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहाल, थारु कल्याणकारी परिषद्का केन्द्रीय सदस्य जानकी चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला कार्यसमिति अध्यक्ष केशर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । ल्होसार विशेष कार्यक्रममा पुरुष छेलो प्रतियोगिता आयोजना गरिएको थियो भने गुरुङ समुदायको मौलिक सांस्कृतिक पहिचान झल्किने घाँटु र कौडा नृत्य प्रस्तुत गरिएको थियो । साथै, कार्यक्रम स्थलमा गुरुङ समुदायका मौलिक परिकारका स्टलहरू समेत राखिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*