कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू

स्वर्णिम खबर
४ पुष २०८२, शुक्रबार १६:४३

४ पुस, काठमाडौँ । नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नवनिर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पु¥याउने दृढता समेत व्यक्त गर्नुभयो । उहाँले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनैपनि कमजोरी हुन नदिने दाबी समेत गर्नुभयो ।
उहाँले नवनिर्वाचित केन्द्रिय समितिमा नेताहरुलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराउनु भयो । आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरुले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।
उहाँले भन्नुभयो,‘हामी एकताको भावनाका साथ नयाँ उचाईका साथ अगाडि बढ्नेछौँ । केही केही समस्याहरु समय समयमा पार्टीभित्र थोरै देखापर्ने पनि गरेका छन् । आगामी दिनमा हामी त्यस्ता खालका कमजोरीहरु कुनैपनि प्रकट नहुन भन्ने कामना गर्दछौँ । हाम्रो एक आवाज हुनुपर्दछ । दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, सगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौँ । र ती नीतिहरुमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरु पनि बराबर हल्लिने, खुट्टाहरु पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ ।’
अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*