बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

स्वर्णिम खबर
१७ श्रावण २०८२, शुक्रबार १६:३६

१६ श्रावण, हेटौँडा । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।
भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरिसकेको बताउनु भयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताउनुभयो । नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्ने उहाँको भनाइ छ ।
त्यसैगरी कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको बताउनुभयो । उहाँले जनताको इच्छा, आकांक्षा अनुसार कामहरु हुन नसकेपछि शिक्षा, सवस्थ्य, पूर्वाधार क्षेत्रमा धेरै काम भएको दाबी गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ भन्नेकुरा आफूहरुले प्रमाणित गरेको बताउनु भयो । मुख्यमन्त्री लामाले स्वस्थ भएर मात्रै सबै काम गर्न सकिने बताउनुभयो ।
२०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*