हटियामा प्रदेश स्तरीय प्रहरी अस्पतालको शिलान्यास

स्वर्णिम खबर
३१ असार २०८२, मंगलवार १३:५६

३१ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा प्रदेशस्तीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ ।
बागमती प्रदेश सरकारको सहयोगमा बन्न लागेको अस्पतालको मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले शिलान्यास गर्नुभएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने यस आयोजना अन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी आवास, अस्पताल परिसर कम्पाउण्ड, पार्किङ लगायतका संरचनाहरू निर्माण हुनेछन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शैयाको अस्पताल बनाउने योजना अनुसार पहिलो चरणमा १५ शय्याको अस्पताल निर्माण थालिएको हो । आगामी २०८३ पुस १८ गतेभित्रमा सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो । अस्पताल भवनको पहिलो चरणको निर्माण पूरा भएपछि अन्तरङ्गसँगै बहिरङ्ग सेवा सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*