हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
३ जेष्ठ २०८२, शुक्रबार ११:५२

२ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको बताउनुभएको छ ।
शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गर्नुभयो । उहाँले हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण गर्ने बताउनु भयो ।
उहाँले जीवन र विश्व बचाउन शाहसी र एकीकृत दृष्टिकोण चाहिएको बताउनु भयो । हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको पनि बताउनु भयो । स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा जोड दिनुभयो । जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरुसँग आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले साझा भविष्य जोगाउन सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*