विचार व्यक्त गर्दा सभ्य भाषा प्रयोग गरौँः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
४ बैशाख २०८२, बिहीबार १५:१४

४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विचार व्यक्त गर्दा सभ्य भाषा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विगतमा द्वन्द्वरत पक्षलाई निर्वाचनको प्रतिष्पर्धाबाटै शान्तिपूर्ण राजनीतिमार्फत आफ्ना योजना अगाडि बढाउन सकिने बाटो देखाएर हिंसाको बाट छोड्न सहमत गराएको बताउनुभयो ।
उहाँले विचार व्यक्त गर्नकै लागि हिंसा आवश्यक नभएको पनि उल्लेख गर्नुभयो । विचार व्यक्त गर्नका लागि अमर्यादित तथा समाजलाई पाच्य नहुने गालीगलोजको भाषा प्रयोग हुनु सामाजिक र राजनीतिक दृष्टिकोणमा पनि गलत भएको उहाँको भनाइ छ । उहाँले नेकपा एमालेले विचारकै माध्यमबाट विगतमा निर्वाचन जितेर एकलौटी सरकार निर्माण गरेर ऐतिहासिक काम गरेको दाबी गर्नुभयो । साशकले जनताको अधिकार खोस्ने तथा दमन गरेको अवस्थामा मात्रै जनता हिंसामा उत्रिनसक्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपालमा भएको द्वन्द्व पीडितहरुको न्यायका लागि शान्ति निरुपण तथा बेपत्ता छानबिन आयोग बनाएर काम अगाडि बढाउन राजनीतिक कारणले ढिलाइ भएपनि अब त्यसका लागि सरकारले काम अगाडि बढाइसकेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*