हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई

स्वर्णिम खबर
२६ फाल्गुन २०८१, सोमबार २०:२१

२६ फागुन, हेटौँडा । दशौँ संस्करणको राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ ।
सोमबार हेटौँडामा भएको फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले उपाधि जितेको हो । खेलको १४ औ मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाएका थिए तर खेलको २७ औ मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगातमान लामाले गोल गर्दै बराबरीमा बनाएका थिए । निर्धारित समयमा दुवै समूहबाट बराबरी गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा ३–२ गोल अन्तरमा किङकम भेट्रान्स विजयी भएको हो ।
किङकम भेट्रान्सले उपाधि संगै नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशि हात पार्न सफल भएको छ । त्यसैगरी उपबिजेता हुन सफल फ्रिडम फाईटर भेट्रान्सले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।
प्रतियोगिता अन्तर्गत किङकम भेट्रान्सका तर्फबाट सर्वश्रेष्ठ कोच राजकुमार पन्त, उत्कृष्ट फरवार्ड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भएका थिए । त्यसैगरी फ्रिडम फाईटरको तर्फबाट उत्कृष्ट मिडफिल्डर उदय बहादुर गुरुङ घोषित भई जनही पाँच हजार नगद र ट्रफी प्राप्त गर्न सफल हुनुभएको थियो । यस्तै प्रतियोगिताको सर्वउत्कृष्ठ खेलाडी फ्रिडम फाईटरको तर्फबाट तेन्जिङ लामा घोषित भई नगद दश हजार सँगै ट्रफी प्राप्त गर्न सफल हुनुभएको थियो ।
बिजयी खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*