दशौँ हेटौडा भेट्रान्स कपः किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

स्वर्णिम खबर
२५ फाल्गुन २०८१, आईतवार १९:२०

२५ फागुन, हेटौँडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेका छन् ।
आइतबार हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने किङकम भेट्रान्सले आयोजक हेटौडा भेट्रान्स क्लबलाई ५–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको फाइनल खेल सोमबार दिउसो २ बजे फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स बीच हुनेछ ।
प्रतियोगिताको उपाधि बिजेताले नगद एक लाख ५० हजार ५ सय ५५ र उपबिजेताले ७५ हजार ५ सय ५५ प्राप्त गर्ने छ । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*