साबिकको बिजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

स्वर्णिम खबर
१० फाल्गुन २०८१, शनिबार १८:२९

१० फागुन, हेटौँडा । साबिकको बिजेता मछिन्द्र क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै सावित विजेतासमेत रहेको मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा शिशिर लेकिले खेलको ४२ औं मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैठौं मिनेटमा र विदेशी खेलाडीले स्टेफेनले दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरे ।
थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७ औं मिनेटमा सुरुवाती अग्रता बनाएपनी खेलको टिमलाई हारबाट जोगाउन भने सकेनन् । खेलको म्यान अफ द म्याच मछिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
चौथो संस्करणको विजेता थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ । विजेता टोलिले उपाधीका लागि सोमबार चर्च ब्र्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।
उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*