बागमती गोल्डकपः हिमालयन शेर्पालाई पराजित गर्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश

स्वर्णिम खबर
६ फाल्गुन २०८१, मंगलवार १८:०३

६ फागुन, हेटौँडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलअन्तरले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । थ्री स्टारको जीतमा सुशील राईले खेलको तेस्रो मिनेटमा, नवीन लामाले १७ औं मिनेटमा, विदेशी खेलाडी फोफनाले २४ औं र ३९ औँ मिनेटमा अर्का विदेशी खेलाडी एलेक्सले गोल गरे । खेलको म्यान अफ द म्याच लामा घोषित भए ।
उनले १० हजार रुपैयाँ प्राप्त गरे । सबै गोल पहिलो हाफमा भएको हो । पहिलो हाफ आफुलाई सम्हाल्न नसक्दा ४ गोल खान पुगेका हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । आगामी फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*