सातौं संस्करणको बागमती गोल्डकप फागुन ३ गतेदेखि हुने

स्वर्णिम खबर
२८ माघ २०८१, सोमबार १६:१४

२८ माघ, हेटौँडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म गर्न लागिएको जानकारी दिएको हो ।
ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो  ।
यसअघिका संस्करण जनता मावि फापरबारीमा हुँदै आएको थियो । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*