३० औं जनयुद्ध दिवसको अवसरमा दौड प्रतियोगिता हुने

स्वर्णिम खबर
२७ माघ २०८१, आईतवार १९:०१

२७ माघ, हेटौँडा । ३० औं जनयुद्ध दिवसको अवसरमा मकवानपुरमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने भएको छ ।
पूर्व जनमुक्ति सेना, वाईसियल, अखिल क्रान्तिकारी र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुला दोड प्रतियोगिता हुन लागेको हो । ५ किलोमिटर दूरीको दौड प्रतियोगिता फागुन १ गते जनयुद्ध दिवसका दिन आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
आम जनताको बिचमा जनयुद्धको प्रभाव र ऐतिहासिकतालाई नयाँ पुस्तामा निरन्तर सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पूर्व जनमुक्ति सेना मकवानपुरका अध्यक्ष सुमन पाख्रिनले बताउनुभयो । दौड प्रतियोगिताको रुट बुद्धचोकबाट सुरु भई भैरवरोड, चिसापानी, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, ब्रम्हदीक स्कुल, नवोदय शिशुसदन, थाहाचोक, शिलतमहल हुँदै ओमभवन रहेको छ ।
प्रतियोगितामा विजेताले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद १० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो स्थान हासिल गर्नेलाई नगद ५ हजार पुरस्कार राशी तय गरिएको छ । ७ जनालाई प्रोत्साहन तथा सान्त्वना पुरस्कार प्रदान गरिने बताइएको छ । एथलेटिक्स नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा सहभागिलाई १ थान टिर्सट निशुल्क उपलब्ध गराइने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल १ लाख रकम खर्च हुने आयोजकको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*