माघ १६ गतेदेखि प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

स्वर्णिम खबर
८ माघ २०८१, मंगलवार १८:५५

८ माघ, हेटौँडा । प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ माघ १६ गतेदेखि हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै माघ १६ गतेदेखि १९ गतेसम्म हेटौंडा १२ स्थित बुद्ध मावि हात्तीगौँडामा प्रतियोगिता हुन लागेको जानकारी गराएको हो । हेटौंडा १२ खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा १३ भन्दा बढी टिमको सहभागिता रहने प्रतियोगिता संयोजक मनोज लामा स्याङतानले जानकारी दिनुभयो ।
हेटौंडा उपहानगरपालिका भित्रका वडाहरुले मात्र सहभागिता जनाउने पाउने प्रतियोगितामा वडा भन्दा बाहिरका बढीमा ३ जना खेलाडीहरु समावेश गराउन पाइने छ । ४ दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक स्याङतानले बताउनुभयो ।
उत्कृष्ट विधाहरुमा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिता सञ्चालनको लागि ३ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । तुलसी मेहर मेमोरियल आवसाीय मावि, नारायणी कलेजको मुख्य प्रायोजन र हेटौंडा उपमहानगरपालिका वडा नं. १२ को सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*