तरुणको भवन निर्माण गर्न भेटवालको २ लाख ५५ हजार सहयोग

स्वर्णिम खबर
१७ बैशाख २०८१, सोमबार १७:३१

१७ वैशाख, हेटौँडा । नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको आफ्नै भवन निर्माण गर्ने निर्णय अनुसार भवन निर्माणको प्रक्रिया थालनी गरिएको हो । केन्द्रीय सदस्य भेटवालले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।
आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माण गरिने अभियान चलिरहेको अध्यक्ष गुरुङको भनाई छ । करिव ३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि हालसम्म तरुण दल केन्द्रीय सदस्यहरुबाट ६८ लाख ७२ हजार रुपैयाँ रकम संकलन भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*