मे दिवस २०८१ को अवसरमा रक्तदान कार्यक्रम, २५ जनाले गरे रक्तदान

स्वर्णिम खबर
१५ बैशाख २०८१, शनिबार १९:१०

१५ वैशाख, हेटौँडा । मे दिवस २०८१ को अवसरमा जिफण्ट मकवानपुरले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एक लाल श्रेष्ठले सहभागीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान सुरु गरिएको थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेको जिफण्ट बागमती प्रदेश कमिटी उपाध्यक्ष अर्जुन अर्यालले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी मन्त्री श्रेष्ठले श्रमिकको पक्षमा आवाज उठाउदै आएको श्रमिकहरुको अग्रणी संस्था जिफण्टले सामाजिक क्षेत्रमा पनि आफुलाई अघि बढाउदै लगेकोमा खुशी व्यक्त गर्नुभयो । जिफण्ट मकवानपुरका अध्यक्ष विक्रम लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*