हेटौंडा ११ सिमलटारमा आधारभुत कम्प्युटर तालिम दिन सुरु

स्वर्णिम खबर
१३ बैशाख २०८१, बिहीबार १८:०४

१३ वैशाख, हेटौँडा । हेटौंडा ११ सिमलटारमा बिहिबार आधारभुत कम्प्युटर तालिमको समुद्घाटन गरिएको छ ।
चीनीमाया स्मृति प्रतिष्ठान मकवानपुरको सहयोगमा विपन्न बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापनमा आयोजना गरिएको तालिमको उद्घाटन ११ नं. वडा अध्यक्ष जुना दाहालले गर्नुभएको हो । तालिमको लागि सुनचाँदी व्यवसायी संघ बागमती प्रदेश समितिको अध्यक्ष ज्योतिरत्न बज्राचार्य, नमस्कार साप्ताहिक र माभेन कन्सल्टेन्सीले एक–एक कम्प्युटर र सहकारीले दुई थान कम्प्युटर प्रदान गरेको थियो । तालिममा २० जना प्रशिक्षयार्थी रहेको छ ।
कार्यक्रममा त्रिभुवन मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण बस्नेत, आयोजक संस्थाकी सहसचिव पिमिसरा दर्लामी मगर, कोषाध्यक्ष लक्ष्मी भण्डारी, तालिम प्रशिक्षक सुदिप भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*