धार्मिक सद्भाव खलबलाउने प्रयास गर्ने व्यक्तिलाई कारवाही गर्न माग

स्वर्णिम खबर
४ बैशाख २०८१, मंगलवार १७:४७

४ वैशाख, हेटौँडा । सामाजिक सञ्जाल मार्फत् धार्मिक सद्भाव खलबलाउने प्रयास गर्ने व्यक्तिलाई कार्वाहीको माग गर्दै नेपाल मुस्लिम ईत्तेहाद संगठनले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।
कमलनारायण दास नामक फेसबुक मार्फत् मुस्लिम समुदाय, इस्लाम धर्म र इस्लाम धर्मका प्रवर्तकका बारेका भ्रम छर्ने कार्य भएको भन्दै संगठनले कानुनी कार्वाहीको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई समक्ष ज्ञापनपत्र पेश गरेको हो । दासले फेसबुक मार्फत् मुस्लिम समुदायलाई अपमानित गर्ने नियतले झुठा, भ्रामक तथा कपोल्कल्पित समाग्री पोस्ट गर्ने गरेकोप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । सदियौ देखि चलिआएको धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव खल्बलाई समाजमा अशान्ति फैलाउने उद्देश्यले मुस्लिम समुदायका धार्मिक धरोहरमाथिको प्रहारले संगठनलाई दुखित तुल्याएको ज्ञापनपत्रमा उल्लेख छ ।
सबै धर्म समुदायको धार्मिक स्थलहरुको संरक्षण गर्दै धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न संगठनले सम्बन्धित सबैमा जारी ज्ञापनपत्र मार्फत् अपिल समेत गरेको छ । ज्ञापनपत्र पेश गर्नेक्रममा कार्यवाहक अध्यक्ष अबदुल्ला अंसारी, मकवानपुर इन्चार्ज मोहम्मद सफिफ र सचिव रोज शेख लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*