चौघडा सहकारीद्वारा रक्तदान कार्यक्रमको आयोजना
३ वैशाख, हेटौँडा । हेटौडा ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी सस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाको १६ औ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला सहित ३० जनाले रक्तदान गरेको शिक्षा उपसमिति संयोजक रामचन्द्र अधिकारीले बताए । नवजीवन ज्योति क्लब र गुप्तेश्वरी टोल विकास संस्थाले संयोजन गरेको कार्यक्रममा रक्त सञ्चार केन्द्र हेटौडाले प्राविधिक सहयोग गरेका थिए ।
कार्यक्रममा संस्था अध्यक्ष विजय कुमार श्रेष्ठ , उपाध्यक्ष त्रिविक्रम मानन्धर , सचिव अर्जुन प्रसाद हुमागाई, सञ्चालक समिति, शेयर सदस्य, कर्मचारी लगायतको सहभागिता थियो ।













