स्थापना दिवसमा चौघडा सहकारीद्वारा विविध कार्यक्रमको आयोजना
२ वैशाख, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
संस्थाले आईतवार संस्था भवनमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ शेयर सदस्य सम्मान, बाल बचतकर्तालाई पुरस्कार वितरण र हेटौडा–६ मा रहेका विभिन्न सहकारी संस्था, टोल विकास संस्था र संघसंस्थाहरसँग विशेष सम्वाद कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य पूर्ण बहादुर राई, जीवकुमारी दंगाललाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै अन्य सदस्यहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । बालबचत तर्फ आरिया राई र आर्दश थापालाई पुरस्कृत गरिएको थियो । यसैगरी सहकारीले वडा स्तरीय संस्थाहरुसँग सहकारी विशेष सम्वाद कार्यक्रम समेत सम्पन्न गरेको छ ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष विजय कुमार श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, सचिव अर्जुन प्रसाद हुमागाई, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, शान्तिटोल विकास संस्थाका अध्यक्ष केशव धिताल, गरिवी निवारण सहकारीका सचिव शरद श्रेष्ठ, सञ्चारकर्मी, कर्मचारी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी, स्थापना दिवसको अवसरमा सोमबार बिहान कार्यालय परिसरमा बृहत रक्तदान कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।













