पाथिभरा मन्दिरमा ६ फिट अग्लो भैरवको मूर्ती अनावरण गरिने

स्वर्णिम खबर
२३ चैत्र २०८०, शुक्रबार १६:५१

२३ चैत्र, हेटौँडा । हेटौंडा १ भैरवडाँडा स्थित पाथिभरा मन्दिर परिसरमा ६ फिट अग्लो भैरवको मूर्ती शनिबार अनावरण गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा नवनिर्मित मूर्ति अनावरण तथा नवदेवी भागवत महायज्ञ समुद्धाटन गर्न लागिएको हो । हेटौंडा–७ निवासी समाजसेवी नवराज खतिवडाले मूर्ति स्थापना गर्नुभएको हो । ठूलो ढुंगा कुँदेर बनाइएको भैरवको मूर्ति स्थानीय कालिगढद्धारा नै निर्माण गरिएको खतिवडाले बताउनुभयो ।
यसैगरी २७ गतेबाट सुरु हुने नवोदेवी भागवत महायज्ञको पनि शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महायज्ञ पूर्व २७ गते बिहान बाजागाजा, झाँकी सहित कलश यात्रा हुने पाथिभरा मन्दिरका पिठाधिश गुरु देवीदासले बताउनुभयो । सप्तशती चण्डी पाठ एवं नवभागवत पारायण तथा महायज्ञमा ११ जना ब्राम्हणद्धारा नियमित पाठ पारायण समेत गरिने भएको छ । नौ दिन सम्म चल्ने नवभागवत पारायण चैते दशैंका दिन समापन हुने पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताउनुभयो । मन्दिरमा वैशाख १, ४ र ५ गते महापुजा हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*