सामुदायिक बिद्यालयमा कार्यरत ७ जना प्रधानाध्यापक महिलाहरु सम्मानित
२४ फागुन, हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरले १ सय १४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको बिहिबार समापन गरिएको छ ।
बिहिबार अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको बारे अन्र्तक्रिया तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो । कार्यक्रमका सहभागिहरुले संबिधानको मर्म बिपरित श्रमिक महिला तथा पुरुष श्रमिकका उस्तै काममा पनि समान ज्याला बितरण हुन नसकेको बताएका छन् । कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय स्थायी कमिटि सदस्य पद्मा पौडेलले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको इतिहास तथा पृष्ठभुमिबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा मकवानपुर जिल्लामा सामूदायिक बिद्यालयहरुमा कार्यरत ७ जना प्रधानाध्यापक महिलाहरुलाई सम्मान गरिएको थियो । महालक्ष्मी माबि भिमफेदीकी प्रधानाध्यापक उषा आचार्य, अमर माबि हेटौंडाकी प्रधानाध्यापक मालती उप्रेती, हेटौंडा ३ स्थित महेन्द्र किरण माबिकी प्रधानाध्यापक तारा गौतम, राष्ट्रिय माध्यमिक बिद्यालय राक्सिराङकी प्रधानाध्यापक लालुमाया प्रजा, गोरक्षेश्वर माबि हेटौंडा १८ की प्रधानाध्यापक मिना श्रेष्ठ, बालजागृति युवाबर्ष माबि हेटौंडाकी प्रधानाध्यापक सम्झना अधिकारी र महेन्द्र किरण माबि मनहरीकी प्रधानाध्यापक कबिता लामालाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको मुल्याङकन गर्दै सम्मान गरिएको हो । यस्तै कार्यक्रममा साप्ताहिक कार्यक्रम अन्र्तगत आयोजित स्लो स्कुटी रेसमा प्रथम भएकी हेटौंडा ८ की अर्चना कार्की, द्धितिय हेटौंडा १ की गाीता राना र तृतिय हेटौंडा १ निवासी मेनुका लौप्चनलाई पुरस्कृत गरिएको थियो ।

यस्तै यसअघि सम्पन्न ८ मार्च र युवा महिलाको भुमिका बिषयक बकतृत्वकला प्रतियोगितामा प्रथम भएकी हेटौंडा क्याम्पसकी आकृति घिमिरे, द्धितिय भएकी मकवानपुर बहुमुखी क्याम्पसकी स्वस्तिका बानियाँ र तृतिय हेटौंडा स्कुल अफ म्यानेजमेन्टकी स्नेहा भण्डारीलाई पुस्तक सहित पुरस्कृत गरिएको छ । यसअघि संघले एमाले पार्टी कार्यालयको परिसरमा रक्तदान कार्यक्रम र हेटौंडा ९ स्थित कुख्रेनी खोलामा गिट्टी बालुवामा श्रम गर्ने १५ जना श्रमिक महिलाहरुलाई खाद्यान्न वितरण समेत गरेको छ । संघकी मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षतामा समापन कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य जुनेलीमाया श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटि सदस्य गोपाल बहादुर श्रेष्ठ, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पार्वती राना लगायतको उपस्थिति थियो ।













