नयाँ राष्ट्रिय सहकार्य रणनीतिका लागि छलफल तथा परामर्श कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
११ फाल्गुन २०८०, शुक्रबार २०:१८

११ फागुन, हेटौँडा । नेपालको लागि एसियाली बिकास बैंक र विश्व बैंकले नयाँ राष्ट्रिय सहकार्य रणनीतिका लागि बागमती प्रदेशका नीजि क्षेत्र तथा अन्य गैरसरकारी सँस्थाहरुका प्रतिनिधीहरुसँग छलफल तथा परामर्श कार्यक्रम गरेको छ ।
शुक्रबार हेटौंडामा बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयोजनमा भएको कार्यक्रममा एसियाली बिकास बैक तथा विश्व बैंकले हाल नेपाल सरकारसँगको सहकार्यमा भइरहेका विभिन्न क्षेत्रगत परियोजनाहरुको बारेमा जानकारी दिदै आगामी ५ बर्षसम्म ति बैंकहरुले संघीय, प्रादेशिक तथा स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बिकासका क्षेत्रहरुबारे छलफल तथा सुझावहरु संकलन गरेको छ । कार्यक्रमका सहभागिहरुमध्ये अधिकांशले शिक्षा, स्वास्थ्य, कृषि बिकास तथा नीजि क्षेत्रका उद्योगहरु सञ्चालनका कायृक्रमलाई प्राथमिकतामा पारी सुझाव दिएका छन् । सहभागिहरुले निशुल्क, गुणस्तरीय तथा प्राबिधिक शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा, बिचौलिया बिहिन कृषि बजारका साथै कृषि उद्योगहरु सञ्चालन गर्न नीजि क्षेत्रलाइ समेटिनुपर्नेमा जोड दिएका छन् ।


कार्यक्रममा एसियाली बिकास बैंकका प्रमुख अर्थशास्त्री यान हान्सेनले सहभागिहरुलाइ धन्यवाद ज्ञापन गर्दै प्राप्त सल्लाह सुझावलाई नेपालसँगको राष्ट्रिय सहकार्य रणनीतिमा समाबेश गरिने बताउनुभयो । यसैगरि उहाँले यसअघि नेपाल सरकारसँगका सहकार्य परियोजनाहरु भन्दा फरक सुझाव आएको समेत बिश्लेषण गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष प्रा. डा. नर बिक्रम थापाले प्रदेश नीति तथा योजना आयोगका नीति तथा योजनाका सारांश प्रस्तुत गर्नुभएको थियो ।


यस्तै नेपालसँगको राष्ट्रिय साझेदारी रणनीतिबारे क्रमशः विश्व बैंकका वरिष्ठ अधिकृत बिज्ञान प्रधान तथा एसियाली बिकास बैंकका बरिष्ठ अधिकृत कृष्ण पाण्डेले जानकारी दिनुभएको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेटौंडाका सचिव हुमकला पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा बागमती प्रदेशका विभिन्न नीजि क्षेत्र, गैरसरकारी सँस्था, नागरिक समाज, पेशागत तथा सामाजिक संघ संगठनका प्रतिनिधीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*