अन्तर पुस्ता सिप हस्तन्तरण कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
७ फाल्गुन २०८०, सोमबार २०:४९

७ फागुन, हेटौँडा । ज्येष्ठ नागरिक मञ्च हेटौंडा नगरको आयोजनामा हेटौंडा ७ स्थित ज्येष्ठ नागरिक भवनमा अन्तर पुस्ता सिप हस्तन्तरण कार्यक्रम सम्पन्न भएको छ ।
मन्चका हेटौंडा नगर कमिटीका अध्यक्ष रामचन्द्र ढकालको प्रमुख आतिथ्यता तथा ज्येष्ठ नागरिक मन्च ७ नम्बर अध्यक्ष कोश बहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रम भएको हो । कार्यक्रमका सहभागीहरुले जिउदो इतिहासका रुपमा रहेका ज्येष्ठ नागरिकलाई हुने अल्जाइमर लगायतका स्वास्थ्य समस्याबारे परिवारले बुझाई सकारात्मक हुन नसकेको बताएका छन ।
यस्तै बालबालिकाका मनोबैज्ञानिक पक्षलाई ध्यान दिदै घरको जेष्ठ नागरिक सँग माया र समन्वय बढाउनुपर्नेमा जोड दिएका छन । यस्ता ज्ञान तथा सिप हस्तान्तरण कार्यक्रमले बालबालिका र जेष्ठ नागरिक बिच नजिक बनाउने भएकोले यस्ता कार्यक्रम हरेक बिदधालयमा संचालन गरिनुपर्ने सहभागीहरुले सुझाव दिएको छ । कार्यक्रममा ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतम वडा सदस्य दिनेश थापा लगायत वडाका जेष्ठ नागरिकहरु तथा बालबालिकाहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*