हेटौंडा–२ स्वयम्भु डाडाँमा ३ दिवशीय बज्रकिलाया पूजा हुने
३ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्वयम्भुडाँडा स्थित बौद्ध माणि समिति टासी हिसे गुम्बाले ३ दिनसम्म बज्रकिलाया अर्थात फुर्वापुजा आयोजना गर्ने भएको छ ।
बुधबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पुर्ण मानव जातिको शान्ति र समृद्धिका लागि यहि माघ १४ गतेदेखि १६ गतेसम्म बज्रकिलाया अर्थात फुर्वापुजा गर्न लागिएको बौद्ध माणि समिति टासी हिसे गुम्बाले जनाएको छ । तिन दिनसम्म अवतारी धर्मगुरु टुल्कु साङ्गे शेडुब तेन्जिन रिन्पोछेको प्रमुख धार्मिक प्रबचनमा हुन गइरहेको बज्रकिलाया पुजाको उद्घाटन कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिँह लामाको प्रमुख आतिथ्यतामा हुने अध्यक्ष कालु घलानले जानकारी दिनुभयो ।
यस पुजाको मुल समारोह समितिलले बिभिन्न समिति गठन गरि तयारी गरिरहेको समितिका सचिव सुवास सिन्तानले जानकारी दिनुभयो । यस पुजा समारोहका लागि ५ हजार भन्दा बढी भक्तजनहरुको सहभागिता रहने आयोजकको अनुमान छ । यस पुजा सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च हुने आँकलन गरिएको भएपनि आर्थिक सहयोगका लागि सँघसँसस्थाहरु सँग कुनै अपिल नगरिएको आयोजकले जनाएको छ ।













