बजार सुनिश्चितता गर्न किसानहरुको माग
२६ पुस, हेटौँडा । कृषि उत्पादनलाइ स्थानीय सरकारले बजार सुनिश्चतता गरेर कृषि क्षेत्रको बिकासमा सहयोग पु¥याउन कृषकहरुले सरकारसँग आग्रह गरेका छन् ।
बिहिबार राष्ट्रिय कृषक समूह महासंघ वागमति प्रदेश कार्यसमितिको आयोजनामा हेटौंडामा भएको साना किसान सम्मेलन तथा दोस्रो प्रदेश अधिवेशनमा उपस्थित कृषकहरुले यस्तो आग्रह गरेका हुन् । सम्मेलनसँगै भएको प्रदेश स्तरीय कृषि कानुन र किसान बिषयक नितिगत सम्बाद कार्यक्रममा कृषकहरुले आफ्ना समस्याहरु राख्दै कृषकहरुको भुमिमाथिको स्वामित्व समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । यस्तै संघीय, प्रदेश तथा स्थानीय सरकारहरुले कृषक पहिचान गरि वर्गीकरण गरेर व्यवसायिक तथा साना किसान छुट्याइ परिचयपत्रको व्यवस्था गरिनुपर्नेमा समेत सुझाव दिएका छन् ।

यस्तै कार्यक्रममा प्रदेश कृषि बिकास ऐन २०८० को लागि कमी रहेका बिषयमा समेत थप बिषयहरुको ड्राफ्ट समेत प्रस्तुत गरिएको छ । बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यता तथा राष्ट्रिय कृषक समूह महासंघ प्रदेश अध्यक्ष विजय लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय अध्यक्ष नमराज बस्नेत, प्रदेश संयोजक राजेन्द्र बस्नेत, गैर सरकारी महासंघस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय उपाध्यक्ष अनिता मडै तथा केन्द्रिय महासचिव रिता बास्ताकोटी, राष्ट्रिय कृषक समूह महासंघ केँिन्द्रय सदस्य महानन्द सापकोटा, कृषिसँग आवद्ध विभिन्न संघ सस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।













