बालहित प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
१२ पुस, हेटौँडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरले बकैयामा रहेको एक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
चौथो स्थापना दिवसको अवसरमा संघले बकैया ३ मा रहेको श्री बालहित प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । बकैया ३ का पूर्व वडा अध्यक्ष दिल बहादुर बोम्जनको प्रमुख आतिथ्यता एवम् संघका मकवानपुर अध्यक्ष रामहरी तिमल्सिनाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघका अध्यक्ष तिमल्सिनाले सामाजिक उत्तरदायित्व बहन गर्दै जाडो याममा सहज होस् भन्ने उद्देश्यले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बताउनुभयो ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल वि.क.ले न्यानो कपडा सहयोग गरेको भन्दै संघलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शारदा फुयाँल, संघका महासचिव केदार नाथ दुलाल, सल्लाहकारद्वय रामनाथ बानिंया र बिर्जु दास बानिंया, कोषाध्यक्ष राजु लम्साल, सचिव प्रल्हाद खनाल, सदस्यहरु मोहन उप्रेती, कृष्ण प्रसाद दुलाल र बिनोद प्रसाद चौलागाई लगायतको उपस्थिति रहेको थियो ।













