एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
१ पुष २०८०, आईतवार १८:४०

१ पुस, हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको आयोजनामा नवनिर्वाचित समितिलाई १ दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संघकी मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको आयोजनामा भएको कार्यक्रममा नेपालमा भएका महिला आन्दोलन तथा संघको इतिहासबारे , संगठनभित्रको विधान र पदीय जिम्मेवारी प्राप्त भएपछि गर्ने भूमिकाबारे प्रशिक्षण दिइएको सचिव शुशिला मल्लले बताउनुभयो । नेकपा एमालेको मुल नारा “समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताको लागि सुदृढ संगठन” को मर्म अनुरुप सुदृढ संगठनका लागि यस्तो प्रशिक्षण आयोजना गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय स्थायी कमिटी सदस्य पद्मा पौडेल, संघकी प्रदेश कमिटि सदस्य सीता बिष्ट र मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेले प्रशिक्षण सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*