३२ जनाले रक्तदान गरे
२९ मंसिर, हेटौँडा । सानिमा बैंक लिमिटेड हेटौंडाले आफ्नो बार्षिक उत्सवकोे अवसरमा रक्तदान कार्यक्रम गरि मनाएको छ ।
बैंकले आफ्नो १९ औं वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रय आयोजना गरेको हो । बैंकका हेटौंडाका कार्यालय प्रमुख रोशन मल्लले रक्तदान गरि उद्घाटन गनुभएको थियो । रगतको अभावले कसैको पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको शाखा प्रमुख मल्लले बताउनुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाका मानिसहरुको रक्तदान गरेका छन् । रक्तसंचार केन्द्र हेटौंडा र बैंकको सहकार्यमा रक्तदान कार्यक्रम भएको रक्तसंचार केन्द्र हेटौंडाका टंक प्रसाद दाहालले बताउनुभयो । बैंकका कर्मचारी, सेवाग्राही गरि कुल ३२ जनाले रक्तदान गरेका थिए ।













