१६ नंं. वडा कार्यालयले स्नातक अध्ययनरत छात्रछात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने

नानीमाया सापकोटा
११ आश्विन २०८०, बिहीबार २१:१६

११ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं १६ ले वडाभित्रका सामुदायिक क्याम्पसमा स्नातक अध्ययनरत छात्रछात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने भएको छ ।
बिहिबार बसेको वडाको बैठकले टेक्निकल बिषय बाहेक मकवानपुर जिल्लाभित्रका जुनसुकै सामुदायिक कलेजमा जुनसुकै बिषयमा अध्ययनरत भएपनि निःशुल्क अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो । अध्ययनकै लागि बिदेश जान रोक्ने उद्देश्यले वडाले नै निशुल्क अध्ययनको व्यवस्था गर्न लागिएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताउनुभयो । यस्तै बैठकले कृषकहरुलाई सहजता होस भन्ने हेतुले वडाभित्र सञ्चालित १३ वटा डिप बोरिङको बिद्युतको पैसा वडाले नै ब्यहोर्ने निर्णय समेत गरेको छ । हाल प्रतिबोरिङ सरदर बार्षिक ६० हजार रुपैयाँ खर्च भइरहेकोमा यसपछिका बिद्युत खर्च वडाले नै तिरिदिने पनि वडा अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*