राष्ट्रिय अपाङ्गता संगठन हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा नहर्की

स्वर्णिम खबर
२३ भाद्र २०८०, शनिबार १९:०१

२३ भाद्र, हेटौँडा । राष्ट्रिय अपाङ्गता संगठन नेपाल हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा राजेन्द्र नहर्की निर्वाचित हुनुभएको छ ।
शनिवार सम्पन्न प्रथम अधिवेशनमार्फत नहर्कीको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित भएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागिहरूले सबै तहका सरकारले अपाङ्गता भएकाको लागि बजेट र कार्यक्रमहरु बढाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य नारायण सापकोटा, एमाले जिल्ला कमिटि मकवानपुर सदस्य शिशिर सुवेदी, राष्ट्रिय अपाङ्गता संगठन नेपालका केन्द्रिय सदस्य शमशेर थिङ्, राष्ट्रिय अपाङ्गता संगठन नेपाल बागमती कमिटि सचिव ठाकुर राम थापा, एमाले हेटौंडा नगर कमिटिका अध्यक्ष शालिकराम पुडासैनी , एमाले जनसंगठन संयन्त्र नगर प्रमुख बोल बहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*