जनकल्याण सहकारीद्वारा रक्तदान कार्यक्रमको आयोजना, ११ जनाले गरे रक्तदान
२२ भाद्र, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरेको छ ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३ जना महिला सहित ११ जनाले रक्तदान गरेका थिए । सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विजय पौडेल, सञ्चारकर्मी भीमसेन पौडेल, सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, कर्मचारी लगायतको सहभागिता थियो । संस्था २०५३ साल भदौं २४ गतेका दिन स्थापना भएको हो । संस्थामा हाल करिव २ हजार ८ सय शेयर सदस्यहरु रहेका छन ।













