डेंगु नियन्त्रण सम्वन्धि चौघडामा छलफल

स्वर्णिम खबर
३ भाद्र २०८०, आईतवार १७:५७

३ भाद्र, हेटौँडा । डेंगु रोग नियन्त्रण गर्न हेटौंडा ६ चौघडामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी चौघडाको आयोजनामा सरोकारवालाहरु विच अन्ततरक्रिया कार्यक्रम भएको हो । स्वास्थ्य चौकी, चौघडाका प्रमुख टीएन ढुङगेलले डेंगुबाट बच्ने उपायको बारेमा जानकारी गराउनुभएको थियो । लामखुट्टेको टोकाईबाट यो रोग लाग्ने हुँदा सरसफाईमा विशेष ध्यान दिनु पर्ने, लामखुट्टे बस्ने स्थानमा लाभ्रा नष्ट गर्नु पर्ने, लामखुट्टे टायर भएको स्थानमा बढी बस्ने भएकाले त्यस स्थानमा दैनिक सरसफाई गर्नु पर्ने लगायतका विषयहरुमा प्रमुख ढुङगेलले सहजीकरण गर्नुभएको थियो । हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना बिक., नेपलाी काँग्रेस हेटौडा–६ सभापति रामहरि तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*