घर नम्वर राख्दै शान्तिटोल विकास संस्था

स्वर्णिम खबर
३ भाद्र २०८०, आईतवार १७:५६

३ भाद्र, हेटौँडा । हेटौडा–६, शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाले प्रत्येक सदस्यको घरमा घर नम्वर राख्न शुरु गरेको छ ।
घर नम्वर राख्ने कार्यको शुभारम्भ गर्दै हेटौडा– ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले टोल विकास संस्थाले रचनात्मक कार्य गरेको बताउदै यस्ता कार्य अन्य टोल विकास संस्थाले पनि गर्नुपर्ने बताउनुभयो । घर नम्वरको माध्यमबाट सदस्यको पहिचान हुने टोल विकास संस्था अध्यक्ष केशव धितालले बताउनुभयो । टंक प्रसाद सापकोटाको घरबाट घर नम्वर राख्न शुरु गरिएको हो । टोलमा हाल १ सय १० घरधुरी रहेका छन । भविष्यमा टोल विकास संस्थाले बचत तथा ऋण, सरसफाई, सामाजिक कार्यहरु गरिनुको साथै पिछडिएका बर्गहरुको लागि विशेष कार्यक्रम समेत सञ्चालन गरिने टोल विकास संस्था सचिव भरत सापकोटाले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल, स्थानीय लगायतको सहभागिता रहेको थियो ।हेटौडा–६ नंं वडामा २३ वटा टोल विकास संस्थाहरु रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*